आजदेखि १५ दिन देशैभरका अदालतमा बिदा
आईतवार, असोज १२, २०७६ साल,
काठमाडौँ । दसैँका कारण आइतबारदेखि देशैभरका अदालतहरु बिदा सुरु भएको छ।
दसैँको घटस्थपानादेखि कोजागत पूर्णिमासम्म प्रत्येक वर्ष बिदा हुँदै आएकोमा यस वर्ष पनि सबै तहका अदालत तथा न्यायाधीकरणहरुमा बिदा दिइएको सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए।