एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंकबीच एकीकृत कारोवार शुरू

आईतवार, असोज १२, २०७६ साल,
काठमाडौं । एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंकबीच हिजो शनिबारदेखि एकीकृत कारोवार शुरू भएको छ ।
दुबै संस्था गाभिए पश्चात बैंकको चुक्ता पूँजी ११ अर्ब ५३ करोड र कोष ८ अर्ब ६२ करोड गरि कुल पुँजी २० अर्ब १५ करोड पुगेको छ  ।

एकीकृत कारोबारका लागि राष्ट्र बैंकले असोज १ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले असोज ५ गते अन्तिम स्वीकृति दिएका थिए ।

एनएमबि र ओमले मर्जरका लागि जेठ २ गते सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । यस्तै, एनएमबिको साउन २८ गते बसेको विशेष साधारण सभा र ओमको साउन २७ गते बसेको वार्षिक साधारण सभाले मर्जर प्रस्ताव अनुमोदन गरेका थिए ।

एनएमबि र ओमबीच १००ः७६ अनुपातमा मर्ज भएका हो । यसआधारमा ओमको १०० कित्ता सेयर हुने लगानीकर्ताले एनएमबिको ७६ कित्ता सेयर पाएका छन्।

मर्ज पश्चात बैंकको नाम एनएमबि बैंक लि र मुख्य कार्यालय एनएमबि भवन, बबरमहल, काठमाडौं रहको छ ।

दुबै संस्था गाभिए पश्चातको एनएमबि बैंकको तीन नम्बर प्रदेशमा शाखाहरुको सञ्जाल ४४ वटा, गण्डकी प्रदेशमा ३९ वटा र पाँच नम्बर प्रदेशमा शाखा सञ्जाल २९ वटा गरि कुल शाखा सञ्जाल १६३, एटिएमहरुको सञ्जाल १२८ पुगेको छ भने एक्स्टेन्सन काउण्टरहरुको संख्या ५ पुगेको छ ।

बैंकले लगातार वर्ष २०१७ र २०१८ मा द बैंकर, फाइनान्सियल टाइम्स, लण्डनबाट बैंक अफ द इयरको उपाधीप्राप्त गर्न सफलभएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411