नेपाल बैंकको सिईओमा कृष्ण अधिकारी नियुक्त, तलब मासिक ३ लाख

आईतवार, असोज १२, २०७६ साल,
काठमाडौं। नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृतमा कृष्णबहादुर अधिकारी नियुक्त भएका छन्। शनिबार बसेको बैंक सञ्चालक समिति बैठकले अधिकारीलाई ४ बर्षका लागि प्रमुख कार्यकारी नियुक्त गरेको हो।

बैंकका डेपुटी सिइओ रहेका अधिकारी प्रमुख कार्यकारीबाट देवेन्द्रप्रताप शाह अवकास भएपछि कामु सिइओ बनेका थिए। उनले ६ महिनादेखि बैंकको नेतृत्व गर्दै आएका थिए।

अधिकारी नेपाल बैंककै करियर बैंकरु हुन्। उनले २०६१ देखि सहायक प्रबन्धक छैठौं तहबाट बैंकिङ करियर सुरु गरेका थिए। त्यसअघि उनी निजी कम्पनीदेखि अध्ययन कार्यमा समेत संलग्न दिए।

उनी त्रिभुवन विश्वविद्यालयबाट एमबिए हुन् भने पूर्वाञ्चल विश्वविद्यालयबाट इएमबिए हुन्। नेपाल बैंकमा सिइओको मासिक तलब ३ लाख रुपैयाँ हुन्छ।

बैंकको सिइओका लागि १४ जनाले आवेदन दिएपनि ४ जना अन्तिम छनौटमा परेका थिए। बैंकले पुष्पराज भण्डारीलाई सिइओ बनाउन खोजिरहेका बेला बैंक अफ काठमाण्डूको ऋण मुद्दामा उनी आरोपी भएपछि अधिकारीलाई नियुक्त गरेको हो।

लोकप्रिय समाचार

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411