नाङ्गो भिडियो बनाएर ४० लाख माग्ने जेलमा

शुक्रबार, असोज १०, २०७६ साल,
काठमाडौं । युवती प्रयोग गरी विर्तामोडका एक व्यवसायीलाई रु ४० लाख नदिए ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ परेका चार व्यक्ति पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

विर्तामोड नगरपालिका–४ मा मोटरसाइकलको रिकण्डिशन हाउस सञ्चालन गर्ने २९ वर्षीय मेराज खान, इलाम फाकफोकथुम–१ घर भई हाल विर्तामोड–२ चारपाने बस्ने रितु फियाक, भारतको दार्जिलिङस्थित खोरीबारी ठेगाना बताउने २७ वर्षीय सञ्जु क्षेत्री भन्ने सुजन शङ्कर र विर्तामोड–४ का २५ वर्षीय प्रकाश दासलाई आज जिल्ला अदालत झापाले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मोहन थापाले जानकारी दिएका छन्।

विर्तामोडका एक व्यवसायीलाई युवती प्रयोग गरी अपहरण गरेको र नाङ्गो भिडियो बनाएर रु ४० लाख फिरौती माग गरेको आरोपमा उनीहरुलाई प्रहरीले गत असार ३ गते पक्राउ गरेको थियो ।

 

लोकप्रिय समाचार

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411