मालपोत कार्यालयका प्रमुख मदिरा सेवन गरी कार्यालयमा आएपछि............

शुक्रबार, असोज १०, २०७६ साल,
काठमाडौं । दिउँसै अत्यधिक मदिरा सेवन गरी मातेका मालपोत कार्यालय महोत्तरीका प्रमुख भुपबहादुर बोगटीलाई प्रहरीले आज पक्राउ गरेको छ । मदिराको नशामा मातेका प्रमुख बोगटीलाई दिउँसो जलेश्वर स्थित कार्यालयबाटै नियन्त्रणमा लिएको हो ।

कार्यालयमा आएका सेवाग्राहीको काम नगरी मदिरा खाएर मातेका प्रमुख बोग्टीलाई देखेपछि सेवाग्राहीले प्रहरीलाई जानकारी गराएका थिए ।

उनलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट गएको टोलीले आफ्नो नियन्त्रणमा लिएको महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए । बोगटी जहिले पनि मदिरा खाएको हुन्छ सो कार्यालयका कर्मचारीहरुले बताएका छन ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411