घटस्थापनाको दिन सार्वजनिक बिदा

शुक्रबार, असोज १०, २०७६ साल,
काठमाडौं । गण्डकी प्रदेश सरकारले आउँदो गरेको दसैंको घटस्थापनाको दिन (१२ असोज) मा सार्वजनिक विदा दिने घोषणा गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले घटस्थापनामा विदा दिने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिए ।

‘प्रदेश सरकारले वर्षमा दिनसक्ने ६ दिन विदामध्येबाट उक्त विदा दिने निर्णय गरेको हो, उनले भने, ‘घटनास्थापनमा विदा चाहियो भनेर विभिन्न क्षेत्रबाट माग समेत भएको थियो, सोहीअनुसार बिदा दिइएको हो।’

सरकारका निर्णयः


१ घटस्थापनाका दिन सार्वजनिक विदा दिने

२ बाल सुधार गृह, हिरासत र थुनुवा कक्ष तथा कारागार निरीक्षण निर्देशिका स्वीकृत गर्ने । मुख्य न्यायाधिवक्ताको संयोजकत्वमा निरीक्षण गरी प्रतिवेदन मुख्यमन्त्रीलाई बुझाउनुपर्ने ।

३ ‘दिगो विकास लक्ष्यः गण्डकी प्रदेशको आधार रेखा’ प्रतिवेदन स्वीकृत गर्ने । प्रतिवेदन पुस्तकाकारमा प्रकाशन गर्ने ।

४ गोरखाको अजिरकोट गाउँपालिकाको कार्यालय भवन निर्माणलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा राखेर काफलडाँडा मान्द्रे वन उपभोक्ता समितिको नामको १५ रोपनी जमिन उपलब्ध गराउन नेपाल सरकारलाई सिफारिस गर्ने ।

५अर्को विद्यालयमा गाभिएको पोखरा—१८ सराङकोटको रत्न आधारभूत विद्यालयको ९६ रोपनी जमिन प्रदेशको आइटीपार्क निर्माणका लागि उपलब्ध गराइदिन नेपाल सरकारलाई अनुरोध गर्ने ।

६ पर्यटन वर्ष सन् २०१९ देखि २२ कार्य सञ्चालनका लागि निम्ति पर्वत मोदी गाउँपालिका चित्रे गाउँका जुद्धबहादुर गुरुङलाई सहसचिवसरह सुविधा हुने गरी संयोजक नियुक्त गर्ने ।

लोकप्रिय समाचार

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411