दशैंलाई नयाँ नोट चाहियो ? यी बैंकमा जानुहोस् तुरुन्तै पाइन्छ

शुक्रबार, असोज १०, २०७६ साल,
काठमाडौं । नेपाल राष्ट्र बै‌कले दशैंका लागि नयाँ नोट साट्ने काम  आजबाट शुरू गरेको छ ।  बैंकले आजदेखी आगामी १७ गतेसम्म नयाँ नोट उपलब्ध गराउने जनाएको छ ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार सर्वसाधारणले ५, १०, २०, ५० र १०० दरका १ प्याकेट गरी प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट लिन सक्नेछन् ।

राष्ट्र बैंकले राष्ट्रिय वाणिज्य बैंक तथा नेपाल बैंकका सबै शाखाबाट नयाँ नोट साट्न सकिने जनाएको छ ।

कहाँ–कहाँबाट पाइन्छ नयाँ नोट ?

चाडपर्वलाई लक्षित गरी राष्ट्र बैंकले नयाँ नोट वितरण गर्दै आएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार काठमाडौं उपत्यकाभित्र न्यूरोड, कीर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुरमा रहेका नेपाल बैंकका शाखाबाट नयाँ नोट साट्न सकिने छ ।

काठमाडौं उपत्यकाभित्र नै राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय सिंहदरबार, सिंहदरबार परिसर, टेकु, नयाँ वानेश्वर, सानोथिमी, विशालबजार, नक्साल, बालाजु, लुभु र टोखामा रहेका राष्ट्रिय वाणिज्य बैंकका शाखाबाट नयाँ नोट सटही गर्न सकिने छ ।

कृषि विकास बैंक लिमिटेडका विभिन्न शाखा कार्यालयबाट पनि नयाँ नोट सटही गर्न सकिने विभागले जनाएको छ । विभागका अनुसार गौशाला, गठ्ठाघर, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोकमा रहेका कृषि विकास बैंकका शाखा कार्यालयबाट पनि नयाँ नोट सटही गर्न सकिने छ ।  

राष्ट्र बैंकले काठमाडौं उपत्यका बाहिर पनि विभिन्न स्थानबाट नयाँ नोट साट्न सकिने व्यवस्था मिलाएको छ । उपत्यका बाहिर विराटनगर, जनकपुर, वीरगञ्ज,  पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीमा रहेका राष्ट्र बैंकका कार्यालयबाट नयाँ नोट साट्न सकिने छ ।

लोकप्रिय समाचार

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411