अब बैंकहरुले एटिएम बुथमा चौबिसै घण्टा सुरक्षा गार्ड राख्नुपर्ने

बिहीवार, असोज ९, २०७६ साल,
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको एटिएम बुथमा २४ सै घण्टा सुरक्षा गार्ड राख्नुपर्ने व्यवस्था गरेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुको सिस्टम ह्याक गरी रकम निकाल्ने क्रम बढेपछि राष्ट्रबैंकले निर्देशन जारी गरी हरेक एटिएम बुथमा सुरक्षा गार्ड राख्नुपर्ने व्यवस्था गरेको हो ।

त्यस्तै एटिएम बुथमा कुनै व्यक्ति वा समुहबाट शंकास्पद गतिविधि भएको शंका लागेमा यथाशीघ्र संस्थाले तोकेको पदाधिकारी तथा निकायमा सूचित गराउने व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ ।

त्यसैगरी राष्ट्र बैंकले बैंकिङ्ग प्रणलीमा हुने ह्याकिङ्ग रोक्न हरेक संस्थाले सूचना प्रविधि सम्बन्धमा आकास्मिक सहायता समूह गठन गरी कार्यान्वयनमा ल्याउन र संस्थाको प्रणालीमा कुनै किसिमको साइबर आक्रमण, शंकास्पद गतिविधि वा अनाधिकृत पहुँच भएमा तत्काल सो को जानकारी राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागमा गराउन निर्देशन दिएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411