अनुगमन टोली पुगेपछि दरबारमार्गमा भागाभाग, किन सटर लगाएर भागे व्यवसायी

बिहीवार, असोज ९, २०७६ साल,
काठमाडौं । सरकारी अनुगमन टोली अनुगमनका लागि दरबारमार्ग पुग्दा यहाँका पसलेहरू पसल नै बन्द गरेर भागेका छन् ।

बिहीवार दरबारमार्गस्थित शेर्पा मलका पसले तथा कर्मचारीहरू पसल बन्द गरेर भागेका हुन् ।

मलभित्रका ग्यारेज, सिल्हौटी, अटुम लगायतका अधिकांश पसलहरू बन्द गरेर पसलेहरू भागेका अनुगमन टोलीका संयोजक कपिल रेग्मीले जानकारी दिए । केही पसलेहरू भागे पनि आफ्नो अनुगमन नरोकिने संयोजक रेग्मीले बताए ।

यसअघि सो अनुगमन टोलीले दरबारमार्गस्थित सामसुङ मोबाइल डिलर्समा अनुगमन गरेको छ । तर, त्यहाँ कुनै पनि कैफियत नपाइएको अनुगमन टोलीले जनाएको छ ।

विभागले केही दिनदेखि निरन्तर गरिरहेको अनुगमनमा अधिकांश व्यवसायीले पसल दर्ता नगरी सञ्चालन गरेको भेटिएको छ भने केहीले मूल्यसूची नराखेको पाइएको छ ।

दरबारमार्गमा बन्द भएका पसलहरू पनि विनादर्ता नै चलिरहेको र मूल्यसूची पनि नराखेकाले भागेका हुन सक्ने संयोजक रेग्मीको आशंका गरे । बन्द गरिएका पसलहरूमा भोलि नै अनुगमन गरिने संयोजक रेग्मीको भनाइ छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411