नेपाली अञ्जलीले जितिन् भारतमा ‘मोडल अफ द इयर’को उपाधि

बिहीवार, असोज ९, २०७६ साल,
काठमाडौं । बुधबार मुम्बईमा ‘भोग ब्यूटी अवार्ड’को १० औं संस्करण सम्पन्न भएको छ । उक्त अवार्डमा भारतमा बसेर मोडलिङमा सक्रिय रुपमा लागिरहेकी नेपाली मोडल अञ्जली लामाले ‘मोडल अफ द इयर’को उपाधि हात पारेकी छिन् ।

अवार्ड पाएकोमा खुशी व्यक्त गर्दै उनले फेसबुकमा लेखेकी छिन्, “धेरै पटकको असफलता र पराजयपछि यो अवार्ड मेरो लागि प्रेरणा बन्नेछ । धन्यवाद भोग ।” उनी भारतको ब्युटी क्याम्पेन ल्याक्मेकी पहिलो ट्रान्सजेन्डर मोडल हुन् ।

अवार्ड समारोहमा बलिउड कलाकारहरु शर्मिला टैगोर, आलिया भट्ट, सारा अलि खान, शिल्पा सेठ्ठी, शाहिद कपुर, सनी लियोन लगायतको उपस्थिति थियो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411