माओ दिवसमा, माओवादीहरु तीनतिर

आज माओत्सेतुङको १ सय २१ औं जन्म दिनमा फरक–फरक कार्यक्रम आयोजना गर्दै

शुक्रबार, पौष ११, २०७१ साल,
काठमाडौ ११ पुस– नेपालका कम्युनिष्ट पार्टीहरुले आज चिनियाँ क्रान्तिका नायक माओत्सेतुङको १ सय २१ औं जन्म दिन विभिन्न कार्यक्रमका साथ मनाउँदैछन् ।

माओवाद माने पनि फरक कार्यदिशा अंगालेका माओवादी पार्टीहरुले छुट्टाछुट्टै कार्यक्रम गर्दैछन् ।  एकीकृत माओवादीले केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा विशेष कार्यक्रम गर्दैछ ।

यस्तै मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले माओ दिवसका अवसरमा राजधानीमा राष्ट्रिय कार्यकर्ता भेला बोलाएको  छ । वैद्य नेतृत्वको माओवादीबाट अलग भएको नेत्रविक्रम चन्द समूहले खुलामञ्चमा शक्ति प्रदर्शनसहित जनसभा गर्दैछ ।

यसैबीच माओ  दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओ संसारभरिका राष्ट्रिय मुक्ति आन्दोलनका प्रेरणाका स्रोत तथा विश्वकै महान् पूरुष मध्येका एक भएको बताएका छन् ।

उनले संसारभरका क्रान्तिकारीलाई वित्तिय पूँजीको भुमण्डलीकरण, साम्राज्यवादी नवउदारवादी आर्थिक नीतिको प्रभाव, सूचाना प्रविधीमा भएको अभुतपूर्व क्रान्ति, मौसम परिर्वतन, पर्यावरण विनासको प्रभाव, अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको गम्भीर समीक्षा, मालेमाको विकासका निमित्त गहन अध्ययन, अनुसन्धान र बहसमा जुट्न आव्हान गरेका छन् ।

उनले विश्व क्रान्तिको नयाँ लहर सृष्टि गर्न मालेमावादको आलोकमा साहसका साथ अगाडि बढ्न पनि अपिल गरेका छन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411