सरकारले स्थापना गर्यो १० अर्बको कम्पनी, अब देश मै फलाम उत्पादन हुने
बुद्धबार, असोज ८, २०७६ साल,

काठमाडौं । सरकारले धौवादी फलाम कम्पनी स्थापना गरेको छ। फलाम उत्खनन कार्यका लागि सो कम्पनी स्थापना गरिएको हो।
४५ प्रतिशत निजि क्षेत्र र ५५ प्रतिशत सरकारको शेयर हुने गरी सरकारले सो कम्पनी गठन गरेको हो।
कम्पनी दर्ता गरी फलाम उत्खनन गर्ने प्रस्ताव भदौ ५ गते मन्त्रिपरिषदबाट स्वीकृत भएको थियो। सोही अनुरूप कम्पनी गठन गरिएको हो।
प्रस्ताव अनुरूप १० अर्बको लगानीमा फलाम कम्पनी सञ्चालनमा ल्याइएको छ।
मन्त्रालयका सहसचिव शोभाकान्त पौडेलको संयोजकत्वमा बनेको समितिले फलाम खानी कम्पनीको मोडेल तयार गरेको हो।
अर्थमन्त्री डा युवराज खतिवडाले बजेट बक्तव्यमा एक वर्षभित्र फलाम उत्खनन् सुरु गर्ने उल्लेख गरेका थिए।