यस्तो आयो सयको नयाँ नोट, नझुक्किनु होला

बुद्धबार, असोज ८, २०७६ साल,
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारबाट १०० रुपैयाँको नयाँ नोट बजारमा पठाएको छ । सय दरका ३ अर्ब बराबरका नयाँ नोट मंगलबारदेखि बजारमा पठाइएको हो । सर्वसाधारण नझुक्किउन् भनेर राष्ट्र बैंकले नयाँ नोटको विशेषताबारे सूचनासमेत जारी गरेको छ ।

नयाँ नोटको आकार, प्रकार र रङ पहिलेकै छ । नयाँ नोटमा केही नयाँ चित्र र शब्द राखिएको छ । नोटको बायाँतर्फ सगरमाथाको चित्र राखिएको छ । यसैगरी, मध्य भागमा नेपालको नक्सा, अशोक स्तम्भको चित्रका साथै अंग्रेजीमा ‘लुम्बिनी द बर्थ प्लेस अफ लर्ड बुद्ध’ (बुद्ध जन्मस्थल लुम्बिनी) लेखिएको छ ।

नोटको मध्य भागमा एकसिंगे माउ गैँडा र बच्चाको चित्र रहेको छ । नोटलाई सीधा हेर्दा रातो रङ, ढल्काएर हेर्दा हरियो रङ देखिन्छ । नोटको दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411