कृषि विकास बैंकका कर्मचारीले अवैध रुपमा चार करोड रुपैयाँ आफ्नो खातामा यसरी सारे

बुद्धबार, असोज ८, २०७६ साल,
काठमाडौं। कृषि विकास बैंकका लाहानस्थित कर्मचारीले अवैध रुपमा पैसा झिकेर प्रयोग गरेको पाइएको छ। बैंकको आयब्यय विवरणमा रहेको नाफा रकममध्ये ४ करोड रुपैयाँ उनीहरुले आफ्नो र परिवारको विभिन्न खाताहरुमा सारेको पाइएको छ।

४ करोड रुपैयाँमध्ये २ करोड रुपैयाँ उनीहरुले झिकेका छन्। उनीहरुले नौरनौ लाख रुपैयाँका दरले दुई करोड रुपैयाँ झिकेको फेला परेको छ।

अचानक नौंरनौं लाख रुपैयाँका दरले पैसा झिकिएपछि बैंक ब्यवस्थापनले निगरानी बढाएको थियो। गैरकानुनी रुपमा रकम झिकिएको पाइएपछि बैंकले प्रहरीमा उजुरी दिएको थियो। प्रहरीले पैसा झिक्ने कर्मचारीहरुलाई पक्राउ गरिसकेको छ।

तीन जना कर्मचारीहरुको युजर प्रयोग भएको छ। बैंकले आफ्नो सफ्टवेयरु भित्र छिर्नका लागि कर्मचारीहरुलाई ब्यक्तिगत युजर र पासवर्ड दिन्छ। आफ्नो ब्यक्तिगत युजर प्रयोग गरेर मात्र बैंकको प्रणालीभित्र छिर्न सकिन्छ।

प्रणालीभित्र छिरेपछि उनीहरुले बैंकको नाफारघाटा खातामा जम्मा भएको रकमलाई आफ्नो खातामा सारेका हुन्। उनीहरुले सात वटा खाताबाट पैसा झिकिसकेका छन्।  कुल कति वटा खातामा पैसा जम्मा गरे भन्ने चै खुल्न सकेको छैन।

नेपाल राष्ट्र बैंकले हिजै अनौपचारिक रुपमा जानकारी पाइसकेको छ। आज बिहान राष्ट्र बैंकले कृषि विकास बैंकका कर्मचारीसँग छलफल गर्दैछ।

आफ्नो खातमा रकम सारेर झिक्दै गर्दा तीन जनालाई नियन्त्रणमा लिएका छौँ। अन्य व्यक्तिहरुको खोजी भइरहेको छु प्रहरीका एक उच्च अधिकारीले भने। काठमाडौंबाट पक्राउ परेका तीन जना नेपाली नै हुन्। उनीहरुको साथबाट प्रहरीले केही रकम समेत बरामद गरेको छ। प्रहरीले ट्रान्सफर भएको रकम बाहिरी नसकेको जानकारी दिएको छ।

उनीहरुले रकम ट्रान्सफर मात्र गरेका हुन्। रकम झिकिसकेका छैनन् एक प्रहरी अधिकृतले भने। उनीहरुले ब्यक्तिको खाता भने चलाएका छैनन्। केही साताअघि चिनियाँहरुले विभिन्न बैंकको कार्ड प्रयोग गरेर साढे तीन करोड लुटेका थिए। यसको अनुसन्धान प्रहरीले गरिरहेको छ।

लोकप्रिय समाचार

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411