एनसेलको नयाँ भर्सन पीआरबीटी आफ्नै धुन शुरू

सोमबार, असोज ६, २०७६ साल,
काठमाडौं । एनसेल प्रयोगकर्ताले अब आफ्नै धुन रेकर्ड गरी आफ्नो प्ले ब्याक रिङ्ग टोन (पीआरबीटी) प्रयोग गर्न पाउने भएका छन् ।

कम्पनीले सोमवार सार्वजनिक गरेको नयाँ योजनाअनुसार, अब पीआरबीटीको रुपमा आफ्नै धुन राख्न र अरुलाई सो धुन प्रयोग गर्न अनुरोध गर्न सकिनेछ ।

पीआरबीटी धुन बनाउने ग्राहकले आफ्नो धुनलाई विभिन्न सामाजिक सञ्जालमार्फत प्रचार गरी प्रत्येक हप्ता आकर्षक पुरस्कार जित्न समेत सकिने कम्पनीले जनाएको छ ।

कम्पनीले ‘पीआरबीटी आफ्नै धुन’ को  नयाँ भर्सन ल्याएको हो । यस भर्सन अन्तर्गत अब ग्राहकले आफ्नै धुन बनाउन, त्यसलाई सामाजिक सञ्जालहरुमा प्रचार गर्न, धुनको प्रत्येक एक्टिभेसनमा बोनस ब्यालेन्स प्राप्त गर्न र प्रत्येक हप्ता नगद पुरस्कार जित्न सक्छन् ।

प्रत्येक हप्ता सबैभन्दा धेरै एक्टिभेट गरिएको धुनको ग्राहकले नगद ३० हजार रुपैयाा प्राप्त गर्नेछन्  ।

त्यसैगरी एक्टिभेसनका आधारमा दोस्रो हुने धुनको ग्राहकले नगद रु २० हजार पुरस्कार स्वरुप प्राप्त गर्ने कम्पनीले जनाएको छ । विजेताहरुको नाम प्रत्येक हप्ता सोमबार सार्वजनिक हुनेछ ।   

कम्पनीको नयाँ योजनाअनुसार, धुन बनाउने ग्राहकले धुनको पहिलो एक्टिभेसन अर्थात धुन सुचारु बापत रु ३ बोनस ब्यालेन्स प्राप्त गर्नेछन् । त्यस पश्चात प्रत्येक १० एक्टिभेसनका हिसाबले रु ३० बोनस पाउनेछन् ।

यसरी प्राप्त हुने बोनस ३० दिनका लागि मान्य हुनेछ र यसबाट एनसेल नेटवर्कभित्र कल, एसएमएस गर्न र इन्टरनेट चलाउन प्रयोग गर्न सकिनेछ ।
 
प्रिपेड ग्राहकले यस योजनामा भाग लिनका लागि पहिला १७११७ डायल गरी पीआरबीटी आफ्नै धुन सेवा सुचारु  गर्नुपर्ने कम्पनीले जनाएको छ । त्यस पश्चात बढीमा २९ सेकेण्डको आफ्नो धुन रेकर्ड गर्नु पर्दछ ।

यस पिआरबिटी सेवाका लागि प्रत्येक महिनाको शुल्क रु १० (कर सहित रु १२.७७) रहेको कम्पनीले उल्लेख गरेको छ । यो योजना लागु भएको मितिबाट १२ हप्ता सम्म संचालनमा रहनेछ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411