आज विद्युतीय बसमा सवार गर्दा निःशुल्क, कुन कनु रुटमा पाइन्छ सुविधा ?

शुक्रबार, असोज ३, २०७६ साल,
काठमाडौं । संविधान दिवसको अवसरमा सुन्दर यातायातले काठमाडौंमा निःशुल्क बस सेवा दिएको छ । कम्पनीले शुक्रबार काठमाडौंको रिंगरोडको रुटमा चलिहरेका आफ्ना विद्युतीय बसमा निःशुल्क सेवा दिएको कम्पनीका अध्यक्ष भेषबहादुर थापाले बताए ।

‘संविधानसभाबाट संविधान जारी भएको सुखद् दिनको सम्झनामा विद्युतीय बसमा यात्रुलाई निःशुल्क यात्रा गराएका हौं,’उनले भने,’यसले विद्युतीय बसप्रति नागरिकको सकारात्मक भावना जागृत गर्न पनि सहयोगी पुग्ने विश्वास हामीलाई छ ।’

सरकारी स्वामित्वको ट्रली बस बन्द भएको एक दशकपछि गत भदौ २३ गतेबाट निजी क्षेत्रको सुन्दर यातायातले पहिलो चरणमा दुई वटा विद्युतीय बसबाट सेवा थालेको थियो ।

कम्पनीले अब नेपालमा विद्युतीय सार्वजनिक सवारीको युग सुरुआत भएको घोषणा गरेको थियो । साझा यातायातले पहिलो चरणमा करिब ५० वटा विद्युतीय बस ल्याउने तयारी गरिरहँदा सुन्दर यातायातले एक कदम अगाडि बढेर पहिलो विद्युतीय बस सञ्चालनमा ल्याएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411