अव विपी हाइवेमा शुल्क लाग्ने, कुन सवारीसाधनले कति तिर्नुपर्छ ?

बिहीवार, असोज २, २०७६ साल,
काठमाडौं। धुलिखेल  सिन्धुली  वर्दिवास सडक (विपी हाईवे)मा यात्रा गर्दा दस्तुर तिर्नुपर्ने भएको छ। सडक बोर्ड नेपालले असोज १ गतेदेखि सडक उपभोग दस्तुर उठाउन सुरु गरेको हो।

सडक दस्तुर उठाउन बोर्डले यस अघि पटक पटक टेण्डर आव्हान गरे पनि ठेकेदार आएनन्। टेण्डर नपरेपछि सडक विभाग र वोर्डको पहलमा शुल्क उठाउन सुरु गरिएको (विपी हाईवे) आयोजना प्रमुख सूर्यबहादुर भाटले जानकारी दिए। सडक वोर्ड ऐन २०५८ को दफा ६ मा उल्लेखित व्यवस्था बमोजिम  ने सरकारद्धारा नेपाल राजपत्र खण्ड ६९ सङख्या १ को भाग ५ बमोजिम शुल्क उठाउन लागिएको हो। यस अघि नै सरकारले १४ वटा राजमार्गमा सडक दस्तुर उठाउने निर्णय गरिसकेको छ।

धुलिखेल खुर्कोट र खुर्कोट सिन्धुली बर्दिवास गरि दुई खण्डबाट दस्तुर उठाउन सुरु गरिएको छ । दुई पाङग्रे,तीनपाङग्रे सवारीसाधन,हलुका चारपाङग्रे सवारीसाधन,ट्रक हेभिइक्विपमेन्ट लगाएतका सवारीसाधनले दस्तुर तिर्नुपर्ने छ।सरकारीलाई भने लागु हुनेछैन्।

 

लोकप्रिय समाचार

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411