उन्नति माइक्रोफाइनान्सको पनि ४०.६३ प्रतिशत लाभांश घोषणा

बिहीवार, असोज २, २०७६ साल,
काठमाडौं । उन्नति माइक्रोफाईनान्सले पनि गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ। लघुवित्तले कूल ४०.६३ प्रतिशत लाभांश घोषणा गरेको हो।

असोज १ गते बुधबार साँझ बसेको लघुवित्त कम्पनी सञ्चालक समितिको बैठकले लगानीकर्तालाई ३८.६० प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजन् सहित २.०३ प्रतिशत नगद लाभांश गरि कूल ४०.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति र लघुवित्तको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुलाई वितरण हुनेछ ।

हाल ८ करोड ८२ हजार ७५ लाख चुक्ता पूँंजी रहेको कम्पनीको ३ करोड ४० लाख ७४ हजार १५० रुपैयाँ बराबरको बोनस शेयर वितरण पश्चात १२ करोड २३ लाख ४९ हजार १५० रुपैयाँ चुक्ता पूँजी पुग्नेछ । अघिल्लो वर्ष उन्नतिले ४०.५ प्रतिशत बोनस र २.१३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411