संविधान दिवसमा नेपाल टेलिकमले ल्यायो विशेष अफर

बुद्धबार, असोज १, २०७६ साल,
काठमाडौं । संविधान दिवसका अवसरमा नेपाल टेलिकमले नयाँ अफर ल्याएको छ ।

यही असोज ३ गते संविधान दिवस मनाइन लागेको अवसर पारेर टेलिकमले १ सय रुपैयाँमा ३ जीबी डाटा उपलब्ध गराउने अफर ल्याएको हो ।

यो डाटा प्याकेज लिएर निरन्तर तीन दिनसम्म प्रतिदिन एक जिबीका दरले प्रयोग गर्न पाउने सुविधा उपलब्ध गराइएको छ ।

सुविधा असोज १ गतेदेखि १५ गतेसम्म उपलब्ध हुनेछ । यस योजनामा सहभागी हुनका लागि *1415*3# मा डायल गर्नुपर्छ ।

यसका साथै 3D1G लेखेर १४१५ मा सन्देश पठाएर वा नेपाल टेलिकम एपमार्फत पनि यो सेवा प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ ।

लोकप्रिय समाचार

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411