आजबाट जेष्ठ नागरिकलाई जहाजमा ५० प्रतिशत भाडा छुट

बुद्धबार, असोज १, २०७६ साल,
काठमाडौं । नेपाल सेवा निगमले आजबाट ७० वर्ष नाघेका जेष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिन थालेको छ ।

निगमका अनुसार, आन्तरिक उडानमा बुधबारबाट भाडामा छुट दिन शुरु गरिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले यसअघि नै भाडामा ५० प्रतिशत छुटको घोषणा गरेका थिए ।

मन्त्री भट्टराईको घोषणापछि बुधबारबाट लागू हुनेगरी छुट दिन थालिएको निगमले जनाएको छ । नीजि स्वामित्वका कम्पनीहरुले भने सरकारको यो निर्णय कार्यान्वयन गर्न नसकिने जनाएका छन् ।

तर, आफ्नै स्वामित्वको विमानबाट छुट दिने कार्य शुरु गरिएको निगमले जनाएको छ । निगमले दशैंका लागि अग्रिम टिकट बुकिङ समेत खुला गरेको छ ।

लोकप्रिय समाचार

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411