नेपालका अधिकांश व्यवसाय युवाको हातमा, ३० प्रतिशतमा महिला प्रबन्धक

मंगलवार, भाद्र ३१, २०७६ साल,
काठमाडौं । नेपालको ५४.५ प्रतिशत व्यवसाय युवाले सञ्चालन गरिरहेको देखिएको छ । केन्द्रीय तथ्यांक विभागको आर्थिक गणनाका अनुसार, देशका कुल ९ लाख २३ हजार ३५६ व्यवसायिक प्रतिष्ठानमध्ये ४ लाख ५० हजार ४६४ प्रतिष्ठान ४० वर्षभन्दा मुनिका युवाले हाँकिरहेका छन् ।

यो तथ्यांकले कुल प्रतिष्ठानमध्ये ५४ प्रतिशतको व्यवस्थापन युवाको नेतृत्वमा रहेको देखिन्छ । त्यस्तै, देशका कुल व्यवसायिक प्रतिष्ठानमध्ये झ्ण्डै ३० प्रतिशत महिलाको स्वामित्वमा रहेको देखिएको छ ।

कुलमध्ये २९ दशमलव ८ प्रतिशत व्यवसायिक प्रतिष्ठानमा महिलाको स्वामित्व रहेको र २९ दशमलव ६ प्रतिशत व्यवसायमा महिला नै प्रबन्धक रहेको सरकारी गणनाले देखाएको छ ।

गणनाका अनुसार, व्यवसायिक प्रतिष्ठानमा कुल ३२ लाख २८ हजार जना आवद्ध छन् । विवरणका अनुसार, २०७४ सालमा अहिलेसम्मकै सर्वाधिक व्यवसायिक प्रतिष्ठान शुरु गरिएको देखिएको छ । त्यो वर्ष कुल १ लाख ९८ हजार प्रतिष्ठान शुरु गरिएका थिए । अघिल्लो वर्ष २०७३ मा कुल १ लाख ९ हजार व्यवसाय शुरु भएको थियो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411