एकै पटक ८ हेलिकप्टरले गरे आकस्मिक अवतरण

मंगलवार, भाद्र ३१, २०७६ साल,
काठमाडौं । खराब  मौसमका कारण एकैपटक आधा दर्जन बढी हेलिकप्टरले एकै क्षेत्रमा आकस्मिक अवतरण गरेका छन्।

काठमाडौं विमानस्थलमा आउँदै गरेका अधिकांस हेलिकप्टर काभ्रे, सिन्धुली जिल्लाका विभिन्न ठाउँमा अवतरण गरेका हुन्।

सिम्रिक एयरका २ वटा, मनाङ एयरको एउटा र कैलाश एयरको एउटा हेलिकप्टर काभ्रेको पाँचखाल नगरपालिका स्थित वडा नम्बर २ मा रहेका धानखेतमा आकस्मिक अवतरण भएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रताप तिवारीका अनुसार मौसम प्रतिकुल भएपछि एकैपटक धेरै हेलिकप्टर अनुकुल ठाउँमा अवतरण गरेका हुन्।

उनका अनुसार हेलिकप्टर तथा यात्रुलाई भने केही भएको छैन। काठमाडौं आउँदै गरेका ८ वटा हेलिकप्टर विभिन्न ठाउँमा अवतरण गरेको हामीले सूचना पाएका छौं। यसबाट कुनै पनि क्षति भएको छैन। मौसममा सुधार भएपछि ती हेलिकप्टर उड्छन् तिवारीले भने।

गएको केहीदिनदेखिको मौसमी प्रतिकुलताले लुक्ला उडान प्रभावित हुँदै आएको छ। लुक्लामा नियमित जहाज उडान नभएपछि हेलिकप्टरको चाप धेरै देखिएको छ।

सोही क्रममा आज काठमाडौंको मौसम खराब भएपछि हेलिकप्टर आकस्मिक अवतरण गरेको विमानस्थलका अधिकारीहरुले बताएका छन्।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411