नेपाल बैंकले ५६६ जना कर्मचारी माग्यो, प्लस टु पासले पनि आवेदन गर्न सक्ने हेर्नुहोस विज्ञापन

सोमबार, भाद्र ३०, २०७६ साल,
काठमाडौं। नेपाल बैंक लिमिटेडले ५ सय ६६ जना कर्मचारी माग गरेको छ। सहायक प्रबन्धकदेखि कनिष्ठ सहायकसम्म गरेर बैंकले कर्मचारी माग गरेको हो। इच्छुकले असोज १९ गतेमित्र अनलाइमार्फत आवेदन दिन सक्ने छन्।

बैंकले खुला, महिला, आदिवासी जनजाति, मधेसी, दलित, अपाङ्ग, पिछडिएको क्षेत्र गरेर कर्मचारी माग गरेको छ।

सहायक प्रबन्धकमा खुला ६९ र बाँकी समावेशी ५७ जना कर्मचारी माग गरेको छ। यस पदमा आवेदन दिनका लागि ब्यवस्थापन वा अर्थशास्त्रमा स्नातकोत्तर गरेको हुनु पर्छ। सुचना प्रविधाका लागि पनि सहायक प्रबन्धक माग गरिएको छ। यस अन्तर्गत ४ जनाको माग गरिएको छ। सहायक प्रबन्धक आइटीमा १० जना माग गरिएको छ ।

प्रदेश नम्बर १ अन्तर्गतका शाखाहरुका लागि सहायक पदमा कर्मचारी माग गरिएको छ। १३ जना खुला र बाँकी १२ जना समावेशी समूहबाट माग गरिएको छ। यसमा स्नातक उत्तिर्ण भएको हुनु पर्छ।

प्रदेश २ मा पनि सहायक माग गरिएको छ। खुलातर्फ १७ र बाँकी समावेशीतर्फ १३ जना माग गरिएको छ। प्रदेश ३ का लागि सहायक पदमा खुलामा ९२ जना र समावेशीतर्फ ७५ जना माग गरिएको छ। गण्डकी प्रदेशका लागि सहायकतर्फ खुलामा ३० र समावेशीतर्फ २४ जना माग गरिएको छ।

प्रदेश ५ मा सहायकका लागि खुलातर्फ २० र समावेशीतर्फ १७ जना माग गरिएको छ भने कर्णाली प्रदेशमा सहायक पदमा खुलातर्फ १६ र समावेशीतर्फ १२ जना माग गरिएको छ। सुदूरपश्चिम पर्देशमा सहायकका लागि खुलातर्फ ६ र समावेशीतर्फ ५ जना माग गरिएको छ।

कनिष्ठ सहायक पदका लागि पनि प्रदेशमा कर्मचारी माग गरिएको छ। खासगरी गोल्ड ट्रेजरका लागि कर्मचारी माग गरिए छ। प्रदेश १ मा १२ जना, प्रदेश २ मा १४ जना, प्रदेश ३ मा १५ जना, गण्डकीमा ८ जना, प्रदेश ५ मा १५ जना, कर्णालीमा ७ जना र सुदूरपश्चिममा ३ जना माग गरिएको छ। उनीहरुको योग्यता ब्यवस्थापनमा प्लसटु तोकिएको छ।

लोकप्रिय समाचार

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411