कुलमानको घरबेटीलाई चेतावनी, भाडामा बस्नेसँग जथाभावी विद्युत महसुल नलिनु

आईतवार, भाद्र २९, २०७६ साल,
काठमाडौं । पछिल्लो समय आफ्नो घर बहालमा लगाउने घरबेटीले भाडावालसँग चर्को दरमा विद्युत महसुल उठाउने गरेको पाइएको भन्दै नेपाल विद्युत प्राधिकरणले चिन्ता व्यक्त गरेको छ । प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले तोकिएको भन्दा बढी दरमा भाडावालासँग महसुल नलिन घरबेटीसँग आग्रह गरे ।

आइतबार प्राधिकरणद्वारा आयोजित पत्रकार सम्मेलनमा घिसिङले भने, ‘तोकिएको भन्दा बढी दरमा भाडा असुल्नु गैरकानूनी हो । प्राधिकरणसँग निश्चित दरमा किनेको बिजुली त्योभन्दा बढीमा बेचेर व्यापार गर्न पाइँदैन ।’

उनले घर बहालमा बस्नेहरुलाई विजुलीको दरररेटबारे जानकारी लिएर त्योभन्दा बढी नतिर्न आग्रह गरे । प्राधिकरणले खपतका आधारमा प्रति युनिट तीन रुपैयाँदेखि १३ रुपैयाँसम्म महसुल लिन्छ । तर, कतिपय घरबेटीहरुले भाडावालासँग २० रुपैयाँसम्म असुल्ने गरेको उजुरी आएको प्राधिकरणले जनाएको छ ।

घिसिङले भने, ‘यस्तो प्रवृत्तिले प्राधिकरणप्रति नै जनमानसमा गलत धारणा विकास हुन सक्ने भएकाले हामीले गम्भिरता पूर्वक लिएका छौं ।’

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411