एटिएमबाट पैसा आएन?, अब सिधै बैंकका सिइओलाई फोन गर्नुस्

शुक्रबार, भाद्र २७, २०७६ साल,
काठमाडौं । नेपाल राष्ट्र बैंकले एटिएमबाट पैसा नआए सिधै सम्बन्धित बैंकलाई नै सम्पर्क गर्न आग्रह गरेको छ। भदौ १४ गते चिनियाँ ह्याकरले नेपालको एटिएम प्रणाली ह्याक गरेर पैसा चोरेपछि नेप्स स्वीचमा आवद्ध विभिन्न १८ बैंकको एटिएम प्रणालीमा समस्या आउने गरेको छ।

नेपालमा भिसा नेटवर्कअन्तर्गत नेप्स, नविल, एनएसबिआईलगायत स्वीच कम्पनी सञ्चालनमा छन्। तीमध्ये नेप्स स्वीचअन्तर्गतका बैंकको एटिएम प्रणालीमा बेलाबेलामा समस्या देखिने गरेको हो।

अर्कोतर्फ यी १८ बैंकका कार्ड अर्को बैंकको एटिएममा प्रयोग गर्न नमिल्ने अवस्था सिर्जना भएको छ। जसले गर्दा यी १८ बैंकका कार्डहोल्डरले सास्ती ब्यहोर्दै आएका छन्।

राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले नेप्समा आवद्ध धेरै बैंकको कार्डले काम नगरेको गुनासो आएको बताए। कार्डसँग सम्बन्धित बैंककै एटिएम नजिकमा नहुने तर अर्को एटिएममा नचल्ने अवस्था हुँदा धेरै सर्वसाधारणले राष्ट्र बैंकमै गुनासो गर्ने गरेको उनले बताए।

खासगरी भारतमा रहेका नेपालीबाट धेरै गुनासो आएको छ। यसअघि राष्ट्र बैंकले भारतमा रहँदा कार्डले काम नगरेमा गुनासा टिपाउन प्रवक्ता निरौलाकै सम्पर्क नम्बर दिएको थियो।

‘सो नम्बरमा एकै दिन एक हजारसम्म गुनासा आए, कोही हस्पिटलमा बिचल्ली भयो भन्छन्, कोही पढाइबाट वञ्चित हुने अवस्था आयो भन्छन्’ निरौलाले भने ‘यी गुनासा राष्ट्र बैंकभन्दा सम्वद्ध बैंकले नै सुन्नुपर्छ र आफ्ना ग्राहकलाई वैकल्पिक उपाय दिनुपर्छ।’

राष्ट्र बैंकले एटिएमको समस्या समाधान गर्न पटक पटक निर्देशन दिए पनि बैंकहरुले समाधान गर्न सकेका छैनन्। भारतमा मात्रै नभई नेपालका ग्रामीण क्षेत्रमा समेत धेरैले एटिएम समस्याकै कारण सास्ती ब्यहोर्नुपरेको छ।

धेरै सर्वसाधारण एटिएम संचालन नहुँदा मर्कामा परेपछि बाध्य भएर सिइओ तथा डेपुटी सिइओहरुको नम्बर नै दिनुपरेको प्रवक्ता निरौलाले बताए।

नेप्समा आवद्ध बैंकहरू भने आफूहरूका कारण समस्या सिर्जना नभएको भन्दै पन्छिने गरेका छन्। ती बैंकहरुले नेप्सको स्वीचप्रति नै असन्तुष्ट जनाएका छन्।

१४ गते भएको एटिएम प्रणाली ह्याक सम्बन्धमा अध्ययन गर्न नेपाल आएको फरेन्सिक टोलीले समस्या पहिचान गर्न नसकी सिंगापुर फर्किएको छ।

टोलीले सिंगापुरबाटै तीन महिनाभित्र प्रतिवेदन पठाउने नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिए।

‘समस्या के हो भनेर ठ्याक्कै पहिचान हुन सकेको छैन, उनीहरुले तीन महिनाभित्र प्रतिवेदन पठाउने भनेका छन्’ निरौलाले भने।
Name of Bank CEO email Address Mobile No
Bank Of Kathmandu Ltd. Mr. Shovan Dev Pant shovan.pant@bok.com.np,  9851016078
Citizens Bank Ltd Mr. Ganesh Raj Pokharel  ganesh@ctznbank.com 9851081725
Global IME Bank Ltd. Mr. Mahesh Sharma Dhakal (Act) mahesh.sharma@gibl.com.np 9851048251
Janata Bank Nepal Ltd. Mr. Parshuram K Chhetri parshuram.chhetri@janatabank.com.np 9851034791
Machhapuchchhre Bank Ltd. Mr. Suman Sharma suman.sharma@mbl.com.np 9851134975
Nepal Bangladesh Bank Ltd. Mr. Gyanendra P. Dhungana ceo@nbbl.com.np 9851022005
NIC Asia Bank Ltd. Mr. Roshan Kr. Neupane roshan.neupane@nicasiabank.com 9851245904
Prabhu Bank Ltd. Mr. Ashok Sherchan Ashok.Sherchan@prabhubank.com 9851019992
Prime Commercial Bank Ltd. Mr. Narayan D. Manandhar executive.secretary@pcbl.com.np 9851030186
Siddhartha Bank Ltd. Mr. Shambhu N Gautam shambhu@sbl.com.np 9851047916
Sunrise Bank Ltd. Mr. Janak Sharma Poudyal janaksharma.poudyal@sunrisebank.com.np 9851106509
 Dev Bikas Bank Mr. Bijay Bahadur Shrestha bijay@devabank.com.np;  9851048440
 Jyoti Bikas Bank Mr. Manoj Kumar Gyawali manoj.gyawali@jbbl.com.np;  9851002067
 Om Development Bank Mr. Bishwo Mohan Adhikari bishwo.adhikari@ombank.com.np; bishwo_602@yahoo.com;   9856024097
 Shine Resunga Bikas Bank Mr. Prakash Poudel  ceo@srdb.com.np; shine.prakash2@gmail.com; 9857028468
 Sangrila Devep. Bank Mr. Suyog Shrestha  suyog.shrestha@shangrilabank.com 9851016500
 Excel Devp. Bank Mr. Dinesh kumar Pokharel   pokhreldin@yahoo.com;  9852679714
 Lumbini Devp. Bank. Mr. Naresh Singh Bohra naresh.bohra@lumbinibikasbank.com 9851003479
       
Source: Nepal Rastra Bank

लोकप्रिय समाचार

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411