बढ्यो वृद्ध भत्ता, अन्य भत्ता कति बढयो ? सुचनासहित

शुक्रबार, भाद्र २७, २०७६ साल,
काठमाडौं । सामाजिक सूरक्षा भत्ता वृद्धि गरिएको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले आज एक सूचना जारी गर्दै सामाजिक सूरक्षा भत्तामा वृद्धि गरेको जानकारी दिएको हो ।

आर्थिक वर्ष २०७६/०७७ मा सामाजिक सूरक्षा भत्ता सम्बन्धमा अर्थ मन्त्रालयको मिति २०७६/०५/१२ र २०७६/०५/२४ को पत्रअनुसार सामाजिक सूरक्षा भत्ताको नयाँ दर कायम गरेको विभागले जानकारी दिएको छ ।

अब भत्ता बढेसँगै जेष्ठ नागरिक र एकल र विधवा महिलाको मासिक २ हजार, पूर्ण अपाङ्गता भएका र लोपोन्मुख आदिवासी जनजातिको मासिक ३ हजार पुगेको छ । त्यस्तै ७० वर्ष पूरा भएका जेष्ठ नागरिकले मासिक १ हजार उपचार खर्च पाउने भएका छन ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411