बीमा अभिकर्तालाई प्यान अनिवार्य, प्यान नम्बर बिना कमिसन नपाउने

बिहीवार, भाद्र २६, २०७६ साल,
काठमाडौं । बीमा अभिकर्तालाई स्थाई लेखा नम्बर (प्यान) अनिवार्य गरिएको छ ।

प्यान नम्बर नलिएमा बीमा कम्पनीले बीमा अभिकर्तालाई कमिसन दिने छैनन् । बीमा अभिकर्ताको काम गर्नको लागि समितिले प्यान नम्बर अनिवार्य गरेको हो ।

बीमा समितिले निर्देशन जारी गर्दै बीमा अभिकर्ता,बीमा सर्वेयर तथा कर्मचारीलाई प्यान नम्बर लिन र उनीहरुको कर प्यान नम्बर मार्फत कट्टा गर्न भनेको छ ।

सरकारले बजेट मार्फत भनेको व्यवस्था कार्यान्वयनको लागि प्यान नम्बर अनिवार्य गरेको बीमा समितिले जनाएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411