ग्यासको मुल्य सरकारले धनीलाई बढाएर गरिबलाई घटाउने

बुद्धबार, भाद्र २५, २०७६ साल,
काठमाडौं । सरकारले निम्न आय भएकाहरुका लागि छिट्टै एलपी ग्यास सहुलियत दरमा उपलब्ध गराउने तयारी गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले निम्न आय भएका उपभोक्ताहरुको हितलाई ध्यानमा राखेर सरकारले छिट्टै सहुलियत दरमा ग्यास उपलब्ध गराउने तयारी गरिरहेको जानकारी दिए।

नेपाल एलपी ग्यास उद्योग संघको २४ औं वार्षिक साधारण सभाको बुधबार काठमाडौंमा उद्घाटन गर्दै उनले आर्थिक रुपले सम्पन्न नागरिकहरुलाई एलपी ग्यासको मूल्य बढाएर भए पनि निम्न आय भएका नागरिकलाई सहुलियत दरमा सो उपलब्ध गराउन सम्बन्धित निकायसँग छलफल भईरहेको बताए।

मन्त्री यादवले जनताको पक्षमा काम गर्दा कानुनी जटिलता थपिने गरेको उल्लेख गर्दै ती समस्या समाधान गरेर जान पनि सरकार तयार रहेको बताए।

मन्त्री यादवले व्यवसायीहरुसँग मिलेर सरकारले ग्यासको आपूर्ति व्यवस्थालाई सहज ढंगले अघि बढाइरहेको दावी गरे।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411