अब व्यवसायीले सामान बिक्री गर्दा ग्राहकको तीन पुस्ते लिनु पर्ने, विवरण नराखे १ करोडसम्म जरिवाना

बुद्धबार, भाद्र २५, २०७६ साल,
काठमाडौ। निजी क्षेत्रका कम्पनीहरुले पनि आफ्नो ग्राहकको तीन पुस्ते विवरण लिएर मात्र उसँग कारोबार गर्नु पर्ने भएको छ। यही असोज १ गतेदेखि कार्यान्वयनमा आउन लागेको निर्देशिका अनुसार, बैंकले मागेजस्तै केवाइसी (नो योर कस्टमर) निजी कम्पनीहरुले पनि ग्राहकसँग माग्नु पर्ने भएको हो।

कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएका कम्पनीहरुको हकमा यो ब्यवस्था लागू हुने छ। सरकारले अहिले मस्यौदा मात्रै सार्बजनिक गरेको छ। यसमा सरोकारवालाहरुसँग सुझाब पनि मागेको छ।

यो व्यवस्था अनुसार एक पटकमा २५ लाख वा वार्षिक एक करोड रुपैयाँको कारोबार गर्ने व्यक्ति वा संस्थालाई उच्च आर्थिक कारोबार गर्ने भनेर परिभाषित गरिएको छ।यो आधारमा २५ लाखको कारोबार गर्ने व्यक्ति वा संस्थाको तीन पुस्ते भर्नुपर्छ।

कारोबार गर्ने ब्यक्ति वा संस्थाको पहिचान तथा सम्पुष्टी गर्दा बास्तविक धनी तथा हिताधिकारी भएक त्यसको समेत पहिचान गर्नु पर्ने ब्यवस्था गरिएको छ। यसरी पहिचान गर्दा ग्राहकको ल्याप्चे छाप वा विद्युतीय हस्ताक्षर र कम्पनीको हकमा आधिकारिक छाप र आधिकारिक ब्यक्तिको हस्ताक्षर लिनु पर्ने छ।

यसपछि आफूसँग कारोकार गर्न आएको ब्यक्ति बास्तवमै असली हो वा हैन भनेर अनौपचारिक स्रोतबाट पनि बुझ्नु पर्ने छ। यदि कुनै ग्राहकको तीन पुस्ते खुलेन भने उसँग कारोबार गर्न बन्देज लगाइएको छ।

कारोबार गर्ने ब्यक्ति वा संस्थाले पेस गरेको विवरण मिल्छरमिल्दैन भनेर पनि निजी कम्पनीले हेर्नु पर्ने छ। कारोबार गर्नेमाथि कुनै ब्यक्तिको कुनै किसिमको प्रभाव वा स्वार्थ हुन सक्ने अवस्था छरछैन भनेर पनि हेर्नु पर्ने छ।

यदि कसैले पालना नगरेमा सचेत गराउनेदेखि १ करोड रुपैयाँसम्म जरिवाना हुने छ। ब्यवसायीहरुले कडाइका साथ आएको ब्यवस्था कार्यान्वयनमा चुनौती रहेको बताएका छन्। यसलाई क्रमिक रुपमा कार्यान्वयन गर्नु पर्ने उनीहरुको सुझाब छ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411