पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो, अब कति पर्छ ?

मंगलवार, भाद्र २४, २०७६ साल,
काठमाडौं । पेट्रोलियम पाइपलाइन उदघाटनको पूर्वसन्ध्यामा नेपाल आयल निगमले प्रमुख तीन इन्धनको मूल्य घटाएको छ ।

पेट्रोल डिजेल र मट्टितेलको साविक मूल्यमा २–२ रुपैयाँ घटाइएको निगमका कार्यकारी प्रमुख सुरेन्द्र पौडेलले जानकारी दिए ।

नयाँ मूल्य लागू भएसँगै पेट्रोलको १०७ र डिजेल तथा पेट्रोलको मूल्य ९५ मा झरेको छ । यसअघि पेट्रोलको मूल्य १०९ र डिजेल तथा मट्टितेलको मूल्य समान ९७ रुपैयाँ थियो । समायोजन भएको नयाँ मूल्य आज राति १२ बजेबाट लागू हुने उनको भनाइ छ ।

नेपाल र भारतका प्रधानमन्त्रीले दुई देशबीचको पेट्रोलियम पाइपलाइन केही बेरमा उदघाटन गर्ने कार्यक्रम रहेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411