स्कुटर दुर्घटना हुँदा डेढ घन्टा हरायो हिसिला यमीको स्मरण शक्ति

सोमबार, भाद्र २३, २०७६ साल,
काठमाडौं । सडक दुर्घटनामा घाइते भएकी समाजवादी पार्टीकी नेतृ हिसिला यमी मंगलबार डिस्चार्ज हुँदैछिन्।

आइतबार साँझ मोटरसाइकलले उनी चढेको इ–स्कुटरलाई ललितपुरको बालकुमारीमा ठक्कर दिएको थियो। दुर्घटनामा घाइते भएकी यमीलाई ग्वार्कोस्थित बिएन्डबी अस्पतालमा भर्ना गरिएको थियो।

‘भक्तपुरमा भएको कार्यक्रमबाट बालकुमारीको पार्टी कार्यालय आउँदै गर्दा मोटरसाइकलले ठक्कर दिएको रहेछ, उहाँको टाउकोमा चोट छ,’ यमीकी छोरी मानुषी यमी भट्टराईले भनिन ‘धन्न हेलमेट लगाएको भएर उहाँलाई धेरै गहिरो चोट लाग्न पाएन।’ मानुषीका अनुसार यमीले दुर्घटनापछिको करिब एक(डेढ घन्टाको मेमोरी नै गुमाएकी छिन्।

यमीले केही समयअघि इ स्कुटर किनेर आफैं चलाउन सिकेकी थिइन। यद्यपी आइतबार भने उनकी निजी सुरक्षा गार्ड मनिषा लामाले स्कुटर चलाएकी थिइन। लामाको भने घुँडामा सामान्य चोट लागेकाले उनलाई हिजै डिस्चार्ज गरिएको छ।

यमी चढेको स्कुटरलाई ठक्कर दिने मोटरसाइकल चालकललाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411