फेसबुकले डेटिङ जानेको लागि साथी खोजी दिने एप ल्यायो

आईतवार, भाद्र २२, २०७६ साल,
एजेन्सी । फेसबुकले ‘डेटिङ’ एप ल्याएको छ। एक वर्षसम्म कोलम्बियामा परीक्षण गरिएको फेसबुक डेटिङ अब अमेरिका लगायत २० देशमा उपलब्ध भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

ब्राजिल, क्यानडा, चिली, कोलम्बिया, सिंगापुर, इक्वेडर, गुवेना, लाओस, मलेसिया, मेक्सिको, पारागुवे, पेरु, फिलिपिन्स, सुरीनाम, थाइल्यान्ड, उरुगुवे र भियतनाममा हाल उपलब्ध यो एप आगामी वर्ष युरोपमा लन्च हुने फेसबुकले जनाएको छ।

यो एप १८ वर्षभन्दा बढी उमेरकाहरूले मात्र चलाउन सक्नेछन्। ‘डेटिङ’ साथी खोजिरहेकाहरूका लागि यो एप लक्षित गरिएको हो।

फेसबुकका अनुसार यसले कुनै प्रयोगकर्ताको प्रोफाइलमा राखिएका विवरणका आधारमा मिल्दो जोडी सुझाउनेछ।

फेसबुक मोबाइल एपकै अर्को ट्याब खुल्ने यो एपमा फेसबुककै जस्तो तर अलग्गै प्रोफाइल बनाउन सकिन्छ। यसमा फेसबुकका साथीहरू देखिँदैनन्। तर ‘सिक्रेट क्रस’ नामक फिचर प्रयोग गरेमा भने नौ जनासम्म फेसबुक साथी वा इन्स्टाग्राम फलोअरहरूसँग आफ्ना भावना भन्न सकिनेछ। दुवै जनाले एकअर्कालाई मनपराएको भए, यसको जानकारी दिन नोटिफिकेसन पनि आउनेछ।

फेसबुक डेटिङमा निःशुल्क र विज्ञापनरहित भएको फेसबुकले जनाएको छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411