अब डक्टर पढने ७५ प्रतिशतलाई छात्रवृत्ति, भोलि एमबीबीएसको प्रबेश परिक्षा

बिहीवार, भाद्र १९, २०७६ साल,
काठमाडौं। शिक्षा मन्त्रालयले सरकारी मेडिकल कलेजहरुले एमबीबीएस अध्ययनमा ७५ प्रतिशत छात्रवृत्ति प्रदान गर्नुपर्ने चिकित्सा शिक्षा ऐनमा रहेको प्रावधान लागू गराउन त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिएको छ ।

चिकित्सा शिक्षा ऐनमा उल्लेख भएबमोजिम यसै शैक्षिकसत्रदेखि नै स्नातक तहमा ७५ प्रतिशत छात्रवृत्ति प्रदान गर्नेमा मन्त्रालयले प्रतिबद्धता जनाउँदै यस्तो निर्देशन दिएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको नाममा जारी निर्देशनमा ऐनमा उल्लेख भएबमोजिम छात्रवृत्तिसम्बन्धी प्रावधान यसै वर्षदेखि लागू हुने र साझा प्रवेश परीक्षासम्बन्धी व्यवस्था आगामी शैक्षिकसत्रबाट लागू गरिने उल्लेख गरिएको छ ।

यस्तै, विद्यार्थीहरु भर्ना हुँदाको सम्पूर्ण शुल्कको किस्ताबन्दीको बैंक भौचर त्रिभुवन विश्वविद्यालयले बुझेरमात्र सम्बन्धित मेडिकल कलेजहरुमा पठाउनसमेत भनिएको छ ।

निर्देशनात्मक उक्त पत्रमा त्रिविले मेडिकल शिक्षामा लिएको रजिस्ट्रेसन शुल्कसमेत सार्वजनिक गर्न र होस्टेल शुल्क, खाना शुल्क राष्ट्रियस्तरको सन्चारमाध्यममा सार्वजनिक गर्नुपर्ने उल्लेख गरिएको छ ।

विद्यार्थीहरुले सरकारी मेडिकल कलेजले चिकित्सा शिक्षा ऐनमा व्यवस्था भइसकेको ७५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने प्रावधान लागू गराउन आन्दोलन गर्दै आएका थिए ।

उनीहरुले महाराजगन्जस्थित चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम)समेत तालाबन्दी गरेका थिए ।

यस वर्षको एमबीबीएसको प्रवेश परीक्षा शुक्रबार भोलि हुँदैछ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411