तीन अर्बको चेक र ४ थान पेस्तोल सहित मिटरब्याजी पक्राउ

बिहीवार, भाद्र १९, २०७६ साल,
काठमाडौं । कैलालीमा तीन अर्बको एउटै चेकसहित पक्राउ पर्ने तीनजना मिटरब्याजमा रकम लगाउने र हतियार कारोबारी रहेको खुलेको छ । प्रहरीले बुधबार साँझ कैलालीको चटकपुरबाट चार थान पेस्तोल र सुनसहित तीनजनालाई पक्राउ गरेको थियो ।

अनुसन्धानका क्रममा उनीहरु मिटरब्याजमा रकम लगाउने, जग्गा दलाली गर्ने र साना हतियारको समेत कारोबार गर्ने गरेको खुलेको एक प्रहरी अधिकारीले बताए ।

प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा धनगढी उप–महानगरपालिका–६ मटियारीका सञ्जय राणा नामले चिनिँदै आएका सञ्जय राना, सोही स्थानका कमल बिक र रुद्रप्रसाद अधिकारी छन् ।

उनीहरुको साथबाट चार थान पेस्तोल, सुनका गहना, केही थान तमसुक र राष्ट्र बैंकका नक्कली कागजात र गोली बरामद भएको छ । पक्राउ परेकामध्ये राना गिरोहका नाइके भएको बताइएको छ ।

सो समूहलाई पक्राउ गर्नका लागि केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)को टोली काठमाडौंबाट कैलाली पुगेको थियो । कैलाली प्रहरीका एसपी सुदीप गिरीले घटनाको अनुसन्धान जारी रहेको बताए ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411