कृषि मन्त्री चक्रपाणि खनाललाई पनि डेंगी, अस्पताल भर्ना

बिहीवार, भाद्र १९, २०७६ साल,
काठमाडौं । कृषि मन्त्री चक्रपाणि खनाललाई डेंगीको संक्रमण देखिएको छ।

रगत जाँचका क्रममा डेंगीको संक्रमण देखिएपछि बुधबार ग्राण्डी अस्पतालमा भर्ना गरिएको खनालका प्रेस संयोजक बोमलाल गिरीले जानकारी दिए।

गत शुक्रबार हेटौंडाबाट फर्किएलगत्तै रुघाखोकी लाग्ने र ज्वरो आउने भएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा उनको रगत परीक्षण गरिएको थियो।

मन्त्रीलाई डेंगी भएको रिपोर्ट आएको थियो। डेंगी भएको पुष्टी भएपछि उनलाई बुधबार अस्पताल भर्ना गरिएको गिरीले बताए।

पछिल्लो समय देशका विभिन्न भागमा डेंगीको समस्या छ। साउनयता मात्रै झन्डै २५ सय जनामा यो रोग देखिएको छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411