नेपालकै सबैभन्दा महँगो ७४ लाखको बाइक किन्ने युवा यि हुन

बिहीवार, भाद्र १९, २०७६ साल,
काठमाडौं । राजधानीमा हालै सम्पन्न नाडा अटो शोमा प्रदर्शनीमा राखिएको सबैभन्दा महँगो मोटरसाइकल बिक्री भएपछि सबैको मनमा प्रश्न उठ्यो, ‘आखिर यो बाइक किन्यो कसले ?’

किनकी कम्पनीले बिक्री भएको सूचना त दियो तर खरिद गर्नेको नाम उल्लेख भने गरेन वा गर्न चाहेन । ती खरिदकर्तालाई तत्कालै भाइरल हुनु थिएन, सायद । एमभी अगस्टाको लागि नेपालको आधिकारिक वितरक भेलोसिटी प्रालिले नाडा अटो शोमा सार्वजनिक गरेको लेविस ह्यामील्टनको ७३ लाख ९० हजार रुपैयाँ मूल्य रहेको बाइक थियो त्यो । एमभी अगस्टा ब्रुटेल ८०० आरआर एलएच ४४ लिमिटेड एडिसन बाइक संसारभर मात्रै १ सय ४४ युनिट निर्माण गरिएको छ । जसमध्ये दक्षिण एसियामै आएको यो एकमात्र एक युनिट थियो । मोटरसाइकल नाडा अटो शोमा प्रदर्शन गरियो ।

त्यसो त यो मोटरसाइकल भेलोसिटी प्रालिले नेपाल ल्याएपनि खरिदकर्ताको टुंगो पहिले नै लागिसकेको रहेछ । यही चैत मसान्तमै खरिदकर्ताले आफ्नो इन्स्टाग्राम एकाउन्टमा यो मोटरसाइकलको फोटो राख्दै क्याप्सन लेखेका थिए, ‘सि यू सुन ।’ यसको अर्थ त्यस समयदेखि नै ती व्यक्तिले यो बाइक किन्ने निधो गरिसकेका रहेछन् ।

तर, यतिखेर खरिदकर्ताले सोही इन्स्टाग्राम एकाउन्ट र फेसबुकमा यो मोटरसाइकललाई आफ्नो कलेक्सन सेन्टरमा राखेको भन्दै तस्बीर सार्वजनिक गरे । नेपाल ड्राइभ्सले खिचेको तस्बीर उनले राखेपछि चर्चा सुरु भएको हो ।

७४ लाखको मोटरसाइकल किन्ने अरु कोही नभएर सौरभ ज्योति हुन् । धनाढ्य ज्योति परिवारका सौरभ सवारीसाधनका सौखिन हुन्, विशेष गरी मोटरसाइकलको । १४ वर्षकै उमेरमा उनले मोटर साइकल चलाउन सिकेका थिए । त्यसबेला होण्डाको सिडी र बेन्ट्ली मोडल थिए ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411