काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सेयर निष्कासनको जिम्मा पाएको नागरिक लगानी कोष र एनसिएम मर्चेन्ट बैंकिङ लिमिटेडले सेयर नपरेको रकम फिर्ता दिन थालेको छ । सेयर निष्कासनको जिम्मा पाएका दुई संस्थाले बुधबारबाट पैसा फिर्ता दिन थालेका हुन् ।
संचय कोषका संचय कर्ता, विद्युत प्राधिकरणका कर्मचारी तथा नागरिक लगानी कोषका कर्मचारीका लागि निष्कासन गरिएको सेयर जेठ २९ गते बाँडफाँट गरिएको थियो । तामाकोशीका सेयर भरेका कर्मचारीले अब पैसा फिर्ता लिन सक्नेछन् ।
पैसा फिर्ता लिनका लागि आवेदकले दरखास्त फारम बुझाउँदा प्राप्त गरेको अर्धकट्टी र आफ्नो परिचय खुल्ने कुनै आधिकारिक पत्रको प्रतिलिपी बुझाउनु पर्नेछ ।
सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५,
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२,
ट्रूथ मिडिया प्रा.लि.
सम्पादक : सुवर्णराज घिमिरे
प्रबन्ध निर्देशक : नबराज जोशी
बाँकी »