बालुवाटार जग्गा प्रकरणमा अख्तियारले बयानका लागि थप ५८ जना क कस्लाई बोलायो ?

बुद्धबार, भाद्र १८, २०७६ साल,
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललितानिवास जग्गा अनियमितता प्रकरणमा थप ५८ जनालाई बयानका लागि बोलाएको छ ।

जग्गा प्रकरणबारे छानबिन गरिरहेको आयोगले सार्वजनिक सूचना जारी गर्दै ७ दिनभित्र उपस्थित हुन भनेको छ ।

अख्तियारमा उपस्थित हुन जारी गरिएको सूचनामा कामना गुरुङ, कल्पना तुलाधर, शर्मिला शाक्य, प्रगति कंशकार, मनोज कुमार केडियालगायत ५८ जनाको नाम छ । कामना पूर्वसेनापति छत्रमान सिंह गुरुङको छोरी तथा व्यवसायी मीनबहादुर गुरुङको बुहारी हुन् । त्यस्तै, अन्य व्यापारी तथा व्यवसायीको नाम पनि बयानका लागि बोलाइएकाहरूको सूचीमा छ ।

बालुवाटारस्थित ललिता निवासको २९९ रोपनी जग्गा दुरुपयोग प्रकरण केही महिनादेखि चर्चामा छ । यसमा राजनीतिक दलका नेतादेखि उद्यमी तथा व्यापारीहरू जोडिएका छन् । यसबारे केही समयदेखि अख्तियारले छानबिन गरिरहेको छ । यसअघि पनि उसले विभिन्न जग्गा प्रकरणमा जोडिएका व्यक्तिलाई सम्पर्कमा आउन सूचना जारी गरेको थियो ।

तपाईंको नजिक कसैले सरकारी, सार्वजनिक जग्गा अतिक्रमण गरेको छ ? छ भने यसरी उजुरी गर्नुस् !

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411