देशभर अण्डाको मूल्य एउटै बनाइने

मंगलवार, भाद्र १७, २०७६ साल,
काठमाडौं । देशैभर अण्डाको मूल्यमा एकरुपता ल्याउन अण्डा उत्पादक संघले पहल गर्ने भएको छ।

अण्डाको मूल्यमा एकरुपता नहुँदा किसान व्यवसायबाटै पलायन हुने अवस्था आएको भन्दै संघले मंगलबार काठमाडौंमा अण्डा उत्पादक किसान र वितरकबीच छलफल गरेको हो।

अहिले कृषकले पाउने मूल्य ठूलो अण्डाको प्रति क्रेट २५५ रुपैयाँ र मध्यम अण्डाको प्रति क्रेट १७० रुपैयाँ भए पनि ठाउँअनुसार मूल्य प्रति क्रेट ३० देखि ४० रुपैयाँ फरक रहेको संघको ठहर छ।

देशैभर अण्डाको मूल्यमा एकरुपता ल्याउन वितरकलाई निश्चित कमिसन निर्धारण गर्न लागिएको अण्डा उतपादक संघका केन्द्रीय अध्यक्ष शिवराम केसिले बताए।

यता नेपाल अण्डा वितरक संघका महासचिव सुर्यमान शाक्यले भने ३ प्रतिशत भन्दा कम मुनाफामा अण्डा विक्री वितरण गर्न नसकिने बताए।

मकैको मूल्य वृद्धि भएको वहानामा दाना उद्योगले दानाको मूल्य बढाउँदा अहिले किसानले लागत अनुसारअण्डाको मूल्य पाउन सकेका छैनन् । प्रति गोटा अण्डा उत्पादन गर्न १० रुपैयाँ लागत पर्ने भएपनि अहिले किसानले ८ रुपैयाँ भन्दा पाउन सकेका छैनन्।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411