भीसीटीएस प्रयोग गर्नेको संख्या २८ हजार नाघ्यो, एकै दिनमा ८ हजार सवारी दर्ता

मंगलवार, भाद्र १७, २०७६ साल,
काठमाडौं । भेहिकल एण्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम (भीसीटीएस) मा विवरण भरेर मालसामान ढुवानी गर्नेको संख्या बढेको छ ।

राजस्व अनुसन्धान विभागको तथ्यांक अनुसार औसतमा दैनिक ९ हजार सवारीसाधनले भीसीटीसमा विवरण भरेर मालसामान ढुवानी गर्दै आएका छन् । १३ भदौमा ९ हजार ३०८ सवारीले भीसीटीएस विवरण भरेर एक स्थानबाट अर्का स्थानमा रु। ७ अर्ब ९ करोड ९५ लाख बराबरको सामान ढुवानी गरेका थिए ।

सरकारले १ साउनबाट अनलाइन प्रणालीमा विवरण प्रविष्ट गरेर मात्र एक स्थानबाट अर्को स्थानमा मालसामान ढुवानी गर्न पाइने व्यवस्था गरेपछि शुरुमा व्यवसायीले चर्को विरोध गरेका थिए । भीसीटीएस प्रणालीको विरोधमा नेपालगञ्ज, वीरगञ्ज, विराटनगर लगायतका शहरमा बजार बन्द नै गरिएको थियो ।

व्यवसायीको चर्को विरोधपछि सरकारले भीसीटीएसका विषयमा व्यवसायीले राखेका माग सम्बोधन गर्न भन्दै निजी क्षेत्रका व्यवसायी सम्मिलित समिति गठन गर्दै तीन महीनासम्म भीसीटीएस बाध्यकारी नबनाउने समझदारी गरको थियो ।

भीसीटीएस कार्यान्वयनमा आएपछि १४ असारसम्म ३ लाख ३२ हजार ५५५ सवारीले अनलाइनमा विवरण प्रविष्ठ गरेर मालसामान ढुवानी गरेका छन् । डेढ महीनाको अवधिमा राजस्व अनुसन्धान विभागको प्रणालीमा दर्ता भई रु २ खर्ब ३४ अर्ब ३० करोड बराबरको सामान ढुवानी भएको छ ।

प्रणालीले विभागलाई कुन उद्योगले कति सामान उत्पादन गर्‍यो, कति उत्पादन गर्‍यो, कति आयात भयो भन्ने लगायत तथ्यांक उपलब्ध गराएको छ ।

भीसीटीएस कार्यान्वयनको निर्णयबाट सरकार पछाडि नफर्कने देखिपछि प्रणाली दर्ता हुने व्यवसायीको संख्या पनि बढ्दो छ । १४ भदौसम्म विभागको प्रणालीमा ७६ हजार ३९९ सवारी चालक र १ लाख १५ हजार ९ सय ७५ ढुवानीका साधन दर्ता भएका छन् ।

भीसीटीएस प्रयोगकर्ताको संख्या पनि २८ हजार १ सय २८ पुगेको छ । राजश्व अनुसन्धान विभागका अनुसार उद्योग, व्यवसायी, आयातकर्ता, थोक बिक्रेता, ढुवानी कम्पनी, भन्सार एजेन्ट लगायतले प्रयोग गर्दै आएका छन् ।

विभागका महानिर्देशक दीर्घ मैनाली भीसीटीएस कार्यान्वयनमा पछिल्लो समय व्यवसायीले सहयोग गरेको बताउँछन् । “गलत काम गर्ने व्यवसायी भीसीटीएसको विरोधमा पनि छन्”, उनी भन्छन्, “ भीसीटीएसले अर्थतन्त्रलाई पारदर्शी बनाउने भएकाले देशैभर पूर्णरुपमा भीसीटीएस कार्यान्वयनमा आउँछ ।”

असोज मसान्तसम्म भीसीटीए प्रयोग गर्न उद्योगी व्यवसायीलाई प्रोत्साहन गर्नुका साथैँ सिकाउन विभाग लागिपरेको भन्दै त्यसपछि भने कारबाही गर्ने मैनाली बताउँछन् । राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन अनुसार भीसीटीएस प्रणालीमा विवरण प्रविष्ट नगरी मालसामान ढुवानी गर्नेलाई १ लाख सम्मको जरिवाना हुन्छ ।

हाल बजारमा भीसीटीएस विवरण प्रविष्ट गरी मालसामान ढुवानी गरे्नगरेको राजस्व अनुसन्धान विभागले अनुगमन गर्दै आएको छ।

गत ५ भदौमा काठमाडौंको न्यूरोडमा बजार अनुगमन गर्दा भीसीटीएस प्रणालीमा विवरण नभरी सामान ढुवानी गरिरहेको गाडीमा चेक जाँच गर्दा भन्सार छलीकोे सामान फेला परेको थियो । विभागका उक्त गाडी र सामानलाई नियन्त्रणमा लिई राजस्व चुहावटको कसुरमा मुद्दा चलाइएको छ ।

“विभाग र विभाग मातहतका कार्यालयबाट खटिने कर्मचारीले हाल भीसीटीएस प्रणालीमा विवरण नभरेका व्यवसायीलाई सिकाउने काम गरिरहनु भएको छ”, मैनाली भन्छन्, “ भीसीटीएसमा विवरण नभरेको भन्दै कसैलाई कारबाही गरिएको छैन । तर, अनुगमन गर्दा भन्सार छलेर ल्याएको सामान पाइए राजस्व चुहावट ऐन अनुसार कारबाही गरिरहेका छौं।”

प्यान कार्ड लिदैमा कर तिर्नु पर्दैन, नागरिकता जस्तै अनिवार्य लिनुपर्ने : अर्थमन्त्री खतिवडा

ट्रयाकिङ प्रणालीमा संशोधन गर्ने भएपछि ढुवानी सेवा सुचारु

साउन १ देखि लागू हुने मालवस्तु बिक्री तथा ढुवानी अनलाईन प्रणाली यसरी प्रयोग गर्नुहोस

साउन १ गतेदेखि अनलाइनमा दर्ता नगरी सामान ढुवानी गरे १ लाख रुपैयाँ जरिवाना

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411