एटिएम ह्याक प्रकरण : कुन बैंकबाट कति झिकियो रकम ?

मंगलवार, भाद्र १७, २०७६ साल,
काठमाडौं । चिनियाँ ह्याकरले एटिएम कार्ड प्रयोग गरी नेपालका पाँच बैंकबाट तीन करोड ४४ लाख झिकेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

भारतीय एसबिआई बैंकको एटिएमबाट एक करोड ७६ लाख तथा नेपाली बैंकको एटिएमबाट एक करोड ६८ लाख निकालेका हुन् ।

नेपालमा नेपाल एसबिआई, नबिल र नेपाल इन्भेष्टमेन्ट बैंकको एटिएम बुथ प्रयोग भएको खुलेको छ ।

यो घटना अनुसन्धान गर्न नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रको संयोजकत्वमा गठित कमिटी स्रोतले सबैभन्दा बढी प्रभु बैंकको बिआइएन नम्बर प्रयोग गरी दुई करोड ४३ लाख निकालेको जनायो । त्यस्तै, ग्लोबल बैंकको ३८ लाख, सनराइज् बैंकको २४ लाख, माछापुच्छे बैंकको २० लाख र एनआइसी एसिया बैंकको १७ लाख रकम झिकिएको हो ।

‘अहिलेसम्म भारतको एटिएमबाट भारु एक करोड पाँच लाख र नेपाली बैंकका एटिएमबाट एक करोड ७६ लाख निकालिएको खबर छ,’ कमिटी संयोजक मिश्रले भने, ‘भारत र नेपालमा गरेर २५ सयभन्दा बढी पटक कार्ड घोटेर रकम झिकिएको देखिन्छ ।’

कार्ड तथा बिआइएन नम्बर प्रयोग भएका बैंक र झिकिएको रकम 

  • प्रभु बैंक  -  २ करोड ४३ लाख
  • ग्लोबल आइएमई बैंक  -  ३८ लाख
  • सन्राइज बैंक  -  २४ लाख
  • माछापुच्छ्रे बैंक -   २० लाख
  • एनआइसी एसिया  -  १७ लाख

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411