अब बैंकमा खाता नखोली बिदेश काम गर्न जान नपाइने, बैंकबाट पैसा नपठाए श्रम स्वीकृति नपाउने

सोमबार, भाद्र १६, २०७६ साल,
काठमाडौं। सरकारले कामका लागि विदेश जानेहरुलाई बैंक खाता अनिवार्य गरेको छ। सोमबारबाटै लागू हुने गरी सरकारको बैदेशिक रोजगार विभागले बैंक खाता अनिवार्य गरेको हो।

विभागका अनुसार, श्रम स्वीकृतिका लागि कामदारले आफ्नो वा आफ्नो हकवालाको नाममा बैंकमा खाता खोलेको प्रमाण अनिवार्य पेश गर्नुपर्ने छ।

विभागको अनलाइन सूचना व्यवस्थापन प्रणाली (एफइआइएमएस) मा पनि विवरण अनिवार्य रुपमा प्रविष्ट गर्नुपर्ने विभागले जनाएको छ।

कसैले बैंक खाता नदिए उसले श्रम स्वीकृति पाउने छैन। सरकारले हुन्डीलाई रोक्न बैंक खाता अनिवार्य गरेको हो। बैंक खाता अनिवार्य गरेपछि यसैमा पैसा पठाउनु पर्छ। यदि उसले कमाएको पैसा बैंक खातामार्फत नल्याएको खुलेमा अर्को पटक श्रम स्वीकृति पाउने छैन।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411