बैंक अफ काठमाण्डूको १७ प्रतिशत लाभांश घोषणा

सोमबार, भाद्र १६, २०७६ साल,
काठमाडौँ । बैंक अफ काठमाण्डूले गत आर्थिक वर्ष २०७५|०७६ को मुनाफाबाट शेयरधनीलाई गरि १७ प्रतिशत लाभांश घोषणा गरेको छ।

सञ्चालक समितिको भदौ १५ गते सम्पन्न १३० औं बैठकले ६ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित ११ प्रतिशत नगद लाभांश घोषणा गरेको हो।

बैंक सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको २५ औं वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।

बैंक सञ्चालक समितिको १३० औं बैठकले बैंकको चुक्ता पूँजी ८ अर्ब ६ करोड ३१ लाख ०१ हजार ३३५ रुपैयाँबाट ४८ करोड ३७ लाख ८६ हजार ८० रुपैयाँको बोनस र ८८ करोड ६९ लाख ४१ हजार १४७ रुपैयाँ नगद लाभांश गरि कूल एक अर्ब ३७ करोड ७ लाख २७ हजार २२७ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

 अघिल्लो आर्थिक वर्ष २०७४\०७५ मा बैंकले १४ प्रतिशत बोनस शेयर र ११ प्रतिशत नगद गरि कूल २५ प्रतिशत लाभांश वितरण गरेको थियो।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411