कार्तिक दोस्रो साता परीक्षा गर्ने, कति जान पाउँछन् त काम गर्न जापान ?

सोमबार, भाद्र १६, २०७६ साल,
काठमाडौँ । जापानले दक्षता र भाषा ज्ञानलाई उच्च प्राथमिकता दिँदै पहिलो चरणमा नेपालबाट केयरगिभरमा न्यून सङ्ख्यामा मात्र कामदार लैजाने देखिएको छ ।

जापानले उच्च दक्ष र भाषामा पोख्त हुनुपर्ने गरी परीक्षण मापदण्ड बनाएपछि पहिलो चरणमा थोरै सङ्ख्यामा मात्र नेपाली युवा रोजगारीका लागि जापान जान पाउने देखिएको हो ।

जापानले १४ वटा विभिन्न क्षेत्रबाट नेपालसहित ९ देशका श्रमिक लिने जनाएअनुसार नेपालबाट सुरुमा नर्सलगायतका केयर गिभर क्षेत्रमा युवा लैजाने भएको छ ।

यसका लागि कार्तिकको दोस्रो साता परीक्षा गर्ने जनाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका वैदेशिक रोजगार शाखाका उपसचिव दीपक ढकालले पहिलो चरणमा न्यून मात्रामा नर्स र केयर गिभर लैजाने जनाएको बताए  । यो समाचार आजको कारोबार दैनिकमा छापिएको छ ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411