भारतले आसाममा मात्रै एक लाख नेपाली भाषीलाई भारतीय नागरिकता नदिने

आईतवार, भाद्र १५, २०७६ साल,
काठमाडौं । भारतीय पूर्वोत्तर राज्य आसामको राष्ट्रिय नागरिकता दर्ता ९एनआरसी०को अन्तिम सूची प्रकाशित हुँदा एक लाखभन्दा बढी नेपाली भाषी भारतीयलाई सूचीबाट हटाइएको छ ।

भारतीय अंग्रेजी अखबार ‘द हिन्दू’ले एक लाखभन्दा बढी नेपाली भाषीलाई आसामको राष्ट्रिय नागरिकता दर्ता सूचीबाट हटाइएको उल्लेख गरेको छ।

भारतीय गोर्खा परिसंघ अध्यक्ष नित्यानन्द उपाध्यायले राज्यभरका स्थानीय संगठनका स्थानीय एकाइसँग कुरा गर्दा यो संख्या थाहा भएको हिन्दूले उल्लेख गरेको छ ।

पूरा डेटा आउनलाई केही दिन पर्खिरहेको सूचीबाट हटाइएका आधिकारिक भारतीय गोर्खा नागरिकको संख्या एक लाखभन्दा बढी भएको आकलन गरिएको उपाध्यायले बताएका छन् ।

भारतीय गोर्खा परिसंघका नेता नन्दा किराती देवानले सूची पुनरवलोकन गर्ने प्रक्रियाको अन्तिम समयसम्म गोर्खा समुदायले धैर्य गर्ने बताए ।

उनका अनुसार १ लाख गोर्खाली अस्वीकृत भएका, २० हजार जतिलाई संन्दिग्ध मतदाताको आरोप लागेको र अन्य केहीको थर र कागजात नमिलेको भनी समस्यामा रहेका छन्।

एनआरसी सूचीमा कुल ३ करोड ११ लाख मानिस परेपनि १९ लाख राज्यविहीन भएका छन् । सूचीमा नाम नभएकाहरूले १ सय २० दिनभित्र अपिल गर्न पाउने प्रावधान राखिएको छ ।

सूचीमा नअटाएका मानिसलाई तत्काल देश निकालाको सम्भावना नरहेको बताइएको छ ।
 

भारतले सरकारी सूचीबाट १९ लाख नागरिकको नाम हटायो, नेपालीभाषी अनागरिक हुने चिन्ता

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411