राष्ट्र बैंक भन्छ, तपाईंको खाताबाट पैसा हराएको छैन, ह्याकरले कस्को खाताबाट निकाले त पैसा ?

आईतवार, भाद्र १५, २०७६ साल,
काठमाडौं । शनिबार राति विभिन्न बैंकको एटिएमबाट ह्याकरले पैसा निकालेको समाचार सार्वजनिक भएपछि सर्वसाधारण आतंकित भएका छन्। कतै आफ्नो खाताबाट पनि रकम हराएको त छैन भन्ने डर सर्वसाधारणमा छ।

तर, राष्ट्र बैंकले भने कुनै पनि खाताबाट रकम नझिकिएको जनाएको छ। साथै सर्वसाधारणलाई आतंकित नहुन आग्रह गरेको छ । राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले भने, ‘केही बैंकको एटिएमको सिस्टममा समस्या आएको छ, एटिएमबाट पैसा निकाल्न मिलेको छैन । तर, कुनै पनि बैंक खाताबाट गैह्र कानुनी रुपमा पैसा निकालिएको छैन।’

ह्याकरले एटिएमको पैसा झिके पनि व्याक्तिगत खाताबाट भने पैसा ननिकालिएको उनले दावी गरे। एक दर्जन भन्दा बढी बैंकको एटिएम मेसिन नचलेपछि नेपाल राष्ट्र बैंक र नेपाल इलेक्टोनिक पेमेन्स सिस्टम (नेप्स) लिमिटेड बीच समस्याको विषयमा छलफल भइरहेको छ। सिस्टममा समस्या हुनुको आधिकारीक जानकारी नभएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411