नेपालका कम्तिमा ६ बैंकको प्रणाली ह्याक, पाँच चिनियाँ पक्राउ, अधिकांश बैंकका एटीएम सेवा बन्द

आईतवार, भाद्र १५, २०७६ साल,
काठमाडौं । चिनियाँ ह्याकरहरुले नेपाली बैंकहरुको प्रणाली ह्याक गरी ग्राहकको गोप्य नम्बर प्रयोग गरेर एटिएम मसिनबाट ठूलो रकम निकालेका छन् । यसमा संलग्न पाँच चिनियाँ पक्राउ परेका छन् भने प्रहरीले अनुसन्धान तीब्र बनाएको छ ।

 नेपाल प्रहरीको महानगरीय प्रहरी परिसर काठमाडौँले मध्यरातमा दरबारमार्गस्थित नवील बैंकको एटिएमबाट अनाधिकृतरुपमा पैसा निकाल्दै गर्दा उनीहरुलाई  पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले मध्यरातमा नवील बैंकको एटिएमबाट रकम निकाल्दै गर्दा पक्राउ गरिएको जानकारी दिए ।

“शुरुमा एटिएमबाट पैसा निकाल्दै गर्दा एक जनालाई पक्राउ गरेका थियौँ, उसको सहायतामा थप चार जना दरबारमार्गमा रहेको माया मनोहर होटलबाट पक्राउ गरेका छौँ”, उनले भने ।

पक्राउ परेकासँग प्रहरीले रु एक करोड २६ लाख नेपाली रुपैयाँ र नौ हजारभन्दा बढी अमेरिकन डलर बरामद गरेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको छ । उनीहरुको नाम गोप्य राखिएको छ । प्रहरीले केहीबेरमा पत्रकार सम्मेलन गरेर पक्राउबारे जानकारी दिने बताए ।

११ बाणिज्य बैंकको लगानी रहेको नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स) को भुक्तानी प्रणालीलाई चिनियाँ गिरोहले ह्याक गरेको बताईएको छ । कम्तिमा ६ वटा बैंकको प्रणालीमा क्षति पुगेको आशंका ब्यक्त गरिएको छ ।

अधिकांश बैंकका एटीएम सेवा बन्द

ह्याकरको आक्रमणपछि अधिकांश बैंकका एटीएम चलेका छैनन् । चाइजिन ह्याकरले एटीएमको प्रयोग गरी विभिन्न बैंकबाछ ठूलो रकम निकालेपछि एटीएमको सर्भर नै डाउन गरिएको छ ।

‘भिजाकार्डबाट रकम ह्याक गरेको देखियो, ह्याकरहरु चाइनिज छन्,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘त्यसैले थप चोरी हुन नदिन एटीएमको सर्भर डाउन गरेर अनुसन्धान गरिरहेका छौं ।’
 


नेपाली बैंकमा चिनियाँ ह्‍याकरको आक्रमण ! एकै रातमा अर्बौं लुट्ने योजना असफल

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411