भारतले सरकारी सूचीबाट १९ लाख नागरिकको नाम हटायो, नेपालीभाषी अनागरिक हुने चिन्ता

शनिबार, भाद्र १४, २०७६ साल,
एजेन्सी । भारतको आसाम राज्यमा बसोबास गर्ने १९ लाख ६ हजार ६ सय ५७ भारतीयको नाम राष्ट्रिय नागरिकता दर्ताको अन्तिम सूचीबाट हटाइएको छ ।

आसाममा जम्मा ३ करोड ११ लाख २१ हजार ४ जना नागरिकको सूची मात्रै सार्वजनिक गरिएको हो । जहाँ झण्डै २० लाख नागरिकको नाम हटाइएको हो । आसाम सरकारले शनिबार निकालेको तथ्यांक अनुसार यस्तो खुलासा भएको हो ।

आसामको एक गाउँ निवासी फूलमाया जस्तै दशकौँदेखि त्यहाँ बसोबास गरिरहेका एक लाखभन्दा बढी नेपालीभाषीहरू अहिले आफूहरूलाई नागरिकताबाट वञ्चित गरिने हो कि भन्ने चिन्तामा छन्।

एनआरसीका क्रममा नागरिकता पाउनबाट वञ्चित हुने करिब ४० लाख मानिसको सूचीमा नेपालीभाषी समेत परेपछि उनीहरूले केन्द्र र राज्य सरकारलाई सचेत गराइसकेका छन्।
तस्वीर कपीराइट एत्क्ष्

तर अझै पनि उनीहरू आफूहरूले नागरिकता पाउनेमा निश्चित भने हुन सकिरहेका छैनन्।

सरकारले गत जनवरीमा एनआरसीको पहिलो सूची सार्वजनिक गरेको थियो भने गत सोमवार दोस्रो सूची सार्वजनिक गर्‍यो।

दोस्रो सूची सार्वजनिक हुँदा पनि नागरिकता पाउनेको सूचीमा नपरेकाहरू भने अब दाबी विरोधका लागि दिइएको समयमा दाबी गरेर आफूहरू भारतको नागरिक बन्न सकिन्छ भन्ने आशामा बसेको त्यहाँका सरकारी अधिकारीहरूसँग सम्वाद गरिरहेकाहरूले जानकारी दिएका छन्।

विशेषगरी ग्रामीण क्षेत्रमा खेतीपाती र पशुपालन गरेर बसोबास गर्नेहरू नागरिकता नपाउने सूचीमा परेको आसामस्थित नेपालीभाषीको हकहितमा कार्यरत संस्थाका प्रतिनिधिहरूको दाबी छ।

यससँगै सरकारले तथ्यांक संकलन गरेको प्रक्रियामाथि नै प्रश्न उठेको छ । यद्यपि सरकारले अनियमिततामा संलग्न कसैलाई पनि पक्राउ गरेको छैन । भारतले बंगलादेशबाट अनधिकृत रुपमा छिर्ने आप्रवासीको आगमनमा कडाइ गर्दैआएको छ । आसामका मुख्यमन्त्री सब्रनन्द सोनवलले भने नागरिकता सूचीमा नअटेका मानिसलाई विदेशीको रुपमा व्यवहार नगर्ने प्रतिक्रिया दिए ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411