वैज्ञानिकहरूले अन्तरिक्षमा भेटे सुनै सुन

बिहीवार, भाद्र १२, २०७६ साल,
एजेन्सी । वैज्ञानिकहरूले दुईवटा न्युट्रन स्टार ठोकिएको दुई वर्षपछि त्यस प्रक्रियाका कारण थुप्रो सुन र प्ल्याटिनम उत्पन्न भएको बताएका छन् ।

रोयल एस्ट्रोनोमिकल सोसाइटीले आफ्नो मासिक बुलेटिनमा एक विश्लेषण प्रकाशित गरेर सुन र प्ल्याटिनमका सयौं ग्रहको उल्लेख गरेको छ ।

वैज्ञानिकहरूका अनुसार, सन् २०१७ मा ग्रह ठोकिएको देखिएको छ । उक्त घटनामा दुईवटा न्युट्रन स्टार ठोकिएर विलय भए अनि किलोनोभा उत्पन्न भयो ।

ठूलो तारा विस्फोट र टुटफुट भएपछि बचेको अवशेषलाई न्युट्रन स्टार भनिन्छ । न्युट्रन स्टार ब्ल्याक होलमा मिसिएपछि किलोनोभा निर्माण हुन्छ ।

सन् २०१६ र २०१७ मा त्यस्तै घटना हुँदा भारी मात्राका सुन र प्ल्याटिनम उत्पन्न भयो । यसबाट पृथ्वीमा सुन र प्ल्याटिनमको उपस्थितिलाई व्याख्या गर्न सकिने वैज्ञानिकहरूको भनाइ छ । यी बहुमूल्य धातु लाखौं वर्षपहिले किलोनोभा निर्माणकै परिणाम भएको उनीहरूको भनाइ छ ।

सुनको भण्डार आकाशगंगा एनजीसी ४९९४ मा पाइन्छ । त्यो पृथ्वीभन्दा १३० देखि १४० प्रकाश वर्ष टाढा छ । अर्थात् न्युट्रन स्टार आजभन्दा १३ देखि १४ करोड वर्ष पहिले ठोकिएका थिए । वैज्ञानिकहरूले चाहिँ केही वर्षअघि मात्र यो कुरा थाहा पाए ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411