प्रधानन्यायाधीशको तलब ८७ हजार, अन्य न्यायधीशको तलव कति ?

बुद्धबार, भाद्र ११, २०७६ साल,
काठमाडौं । सरकारले न्याय सेवातर्फका पदाधिकारीसहित विभिन्न सवैधानिक निकायका पदाधिकारीको नयाँ तलवमान तोकेको छ । न्याय सेवाका पदाधिकारीहरुको नयाँ तलवमान मन्त्रिपरिषदको भदौ ४ गतेको वैठकले अनुमोदन गरेको छ ।

अर्थ मन्त्रालयका अनुसार प्रधानन्यायाधीशसहित न्यायाधीश, महान्यायाधिवक्ता, न्याय परिषद्का सदस्य, संवैधानिक निकायका पदाधिकारीको नयाँ तलवमान तोकिएको छ ।

यसैगरी उच्च तथा जिल्ला अदालतका न्यायाधीश, संघीय संसदका महासचिव तथा सचिव र राष्ट्रिय सूचना आयोगका पदाधिकारीको समेत तलवमान तोकिएको हो ।

तोकिएको तलवमान भने १ साउनबाटै कार्यान्वयनमा आउने अर्थ मन्त्रालयले उल्लेख गरेको छ । नयाँ तलवमानअनुसार अब प्रधानन्यायाधीशको तलव मासिक ८६९५० पुगेको छ । न्यायाघीशले मासिक ७१९५० रुपैयाँ पाउने छन् । संवैधानिक निकायका प्रमुखको तलब मासिक ६८१८० रुपैयाँ कायम भएको छ ।

सबै सरकारी कर्मचारीको नयाँ तलबमान तोकियो, कसको कति ? (सूचीसहित)

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411